स्पेशल प्रि ओपन सेसनमा रिभर फल्स पावरको पहिलो कारोबार कतिमा ?

४ बर्ष अगाडि

काठमाडौं- साताको चौथो कारोबारको दिन (बिहीबार) स्पेशल प्रि ओपन सेसनमा रिभर फल्स पावर लिमिटेडको पहिलो कारोबार भएको छ।

यस दिन सो सेसनमा कम्पनीको प्रतिकित्ता २६३ रुपैयाँ ९० पैसामा पहिलो कारोबार भएको हो।

कम्पनीको शेयर असार १ गते, बुधबार, नेप्सेमा सूचीकृत भएको थियो। कम्पनीले सर्वसाधारणलाई निष्काशन गरेको २७ लाख ३० हजार र संस्थापकहरुले लगानी गरेको ३५ लाख ७० हजार कित्ता गरी ७० लाख कित्ता शेयर नेप्सेमा सूचीकृत भएको थियो।

नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्यूनतम ८७ रुपैयाँ ९८ पैसा र अधिकतम २६३ रुपैयाँ ९४ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। सोही अनुसार यस दिन स्पेशल प्रि ओपन सेसनमा पहिलो कारोबार भएको हो। कम्पनीको स्टक टिकर आरएफपीएल रहेको छ।
 

४ बर्ष अगाडि

प्रतिक्रिया