ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू बिच मर्जरको समझदारी पत्रमा आज हस्ताक्षर हुने

३ बर्ष अगाडि

काठमाडौं - ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू बिच मर्जर हुने भएको छ । दुबै बैंकले एक आपसमा गाभ्ने गाभिने सहमतिपत्रमा हस्ताक्षर गर्ने भएका छन् । 

आजै विशेष समारोह विच ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र प्रसाद ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठ विचमा एक आपसमा गाभ्ने गाभिने सहमतिपत्रमा हस्ताक्षर भएको छ । बराबरी हैसियतमा मर्जर गर्ने सहमति भएको हो ।

दुई बैंक विच मर्जर भए सँगै सर्वाधिक ठुलो हुनेछ । हाल ग्लोबल आइएमईको चुक्ता पूँजी २३ अर्ब ७९ करोड रुपैयाँ रहेको छ भने बैंक अफ काठमाण्डूको १० अर्ब ६२ करोड रुपैयाँ रहेको छ । मर्जर सफल भए सँगै चुक्ता पूँजी ३४ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ । अहिले नै ग्लोबल आइएमई सर्वाधिक ठुलो बैंक हो । अव झन् ठुलो बैंक बन्ने भएको छ ।

हाल ग्लोबलको जगेडा कोषमा १० अर्ब  ३० करोड रुपैयाँ रहेको छ भने बैंक अफ काठमाण्डूको ४ अर्ब  २८ करोड रुपैयाँ छ । मर्जर पछि जगेडा कोषमा १४ अर्ब ५८ करोड रुपैयाँ पुग्नेछ । पूँजी कोष भने ५० अर्ब नाघ्नेछ ।

मर्जर पछिको बैंकको अध्यक्षमा चन्द्र ढकाल नै रहनेछन् भने प्रमुख कार्यकारी अधिकृतमा रत्नराज बज्राचार्य हुनेछन् । ग्लोबल आइएमईले २ वर्ष अगाडी मात्रै जनता बैंकलाई गाभेर सर्वाधिक ठुलो बैंक भएको थियो । जनता सँगको सफल मर्जर पश्चात बैंकले अझै ठुलो बैंक बनाउने अभिलासाका साथ यो मर्जरको सहमति गरेको हो ।

३ बर्ष अगाडि

प्रतिक्रिया