नासा ह्युमनमा आक्रमण गर्नेहरूविरूद्ध अनुसन्धान शुरू

३ बर्ष अगाडि

काठमाडौं - नासा ह्युमन रिर्सोस प्रालिमा आक्रमण गर्नेहरूविरूद्ध महानगरीय प्रहरी बृत महाराजगञ्जले अनुसन्धान शुरू गरेको छ । 

प्रालिका सञ्चालक युवराज गुरूङले महानगरीय प्रहरी बृत महाराजगञ्ज प्रहरीमा आफ्नो कार्यालयमा अनधिकृत प्रवेश गरेकोे भन्दै इलामका सुरेन योङहाङ लिम्बु, उदयपुरका प्रकाश तामाङ, सुर्खेत दशरथपुरका रत्नबहादुर अधिकारीलगायतले कम्पनीको व्यावसायिक स्वतन्त्रता र गोपनीयताको ख्याल नगरी जबरजस्ती प्रवेश गरी महिला कर्मचारीलाई धम्क्याउनुका साथै तोडफोड गरेकोे भन्दै उनीहरू विरुद्ध किटानी जाहेरी दिएका छन् ।

प्रालिका सञ्चालक गुरूङले एकपक्षीय प्रचारले आफू पीडित भएको र चरित्र हत्यासमेत भएको भन्दै प्रेस काउन्सिलमा समेत उजुरी दिएका छन् । अतिरञ्जित सामग्रीको व्यापार गर्ने युट्युबरलाई कडा नियमन भइरहेको प्रेस काउन्सिलले जनाएको छ ।

सञ्चालक गुरूङले वाध्यतावश फर्काइएका नेपाली कामदारको विषयमा वैदेशिक रोजगार विभागमार्फत छलफल भइरहेका बेला कार्यालयमा आक्रमण हुनु गम्भीर चिन्ताको विषय भएको बताएका छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया