काठमाडौं - प्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको सेयर आजबाट बिक्रीमा आएको छ । कम्पनीले संस्थापक समूहको ५ लाख ३८ हजार ९६५ कित्ता सेयर बिक्रीमा आएको हो ।
बिक्रीमा राखिएको सेयरमा विद्यमान संस्थापकसँगै जोकोही व्यक्ति, कम्पनी वा संघसंस्थाहरुले शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् । बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३५० तोकिएको छ ।
यसको अर्थ बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । इच्छुक लगानीकर्ताले बोलपत्र पेस गर्दा न्यूनतम ५०० कित्ताका लागि आवेदन दिनुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सकिनेछ ।
बोलपत्र धितोपत्र बिक्री प्रबन्धक एनआईसी एसिया क्यापिटलको काठमाण्डौको बबरमहलस्थित कार्यालयमा पेस गर्नुपर्नेछ । बोलपत्र पेस गर्ने अन्तिम मिति असार ८ गते कार्यालय समयसम्म तोकिएको छ ।
प्रतिक्रिया