काठमाडौं - भैरहवामा वैदेशिक रोजगार व्यवस्थापन शाखाको स्थापना गरिएको छ । शाखाको बुधबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठ (किसान) ले उद्घाटन गरेका हुन् ।
भैरहवामा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उडान सञ्चालन भएसँगै मन्त्री श्रेष्ठले भैरहवाबाट श्रम स्वीकृतिका सबै काम गर्ने गरी कार्यालय स्थापना गर्ने सार्वजनिक गरेका थिए ।
वैदेशिक रोजगारीमा जाने नेपाली कामदारको सुविधा र गौतमबुद्ध विमानस्थलबाट उडान भर्ने अन्तर्राष्ट्रिय उडानका लागि सहज बनाउन भैरहवामा वैदेशिक रोजगार व्यवस्थापन कार्यालय स्थापना गरिएको हो ।
उक्त कार्यालयबाट लुम्बिनी प्रदेशसहित सुदूरपश्चिम, कर्णाली, बागमती र गण्डकी प्रदेशबाट वैदेशिक रोजगारीमा जानेहरूलाई सहज हुने मन्त्री श्रेष्ठले बताए ।
कार्यालय स्थापनाका अवसरमा बोल्दै मन्त्री श्रेष्ठले भैरहवाबाट वैदेशिक रोजगारीमा जाने कामदारलाई छुट दिन होटल, ट्राभल एजेन्सी, यातायात व्यवसायीलगायतलाई आग्रह समेत गरेका छन् ।
प्रतिक्रिया