बैंक अफ काठमाण्डूको सेयर बिक्रीमा, कति कित्ता ?

३ बर्ष अगाडि

काठमाडौं - बैंक अफ काठमाण्डूको १ लाख ३१ हजार ५३१ कित्ता सेयर बिक्रीमा आएको छ । 

बिक्रीमा राखिएको सेयरमा विद्यमान सेयरधनीसहित योग्य जोसुकै व्यक्ति, कम्पनी वा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन् । 

बिक्रीमा राखिएको उक्त सेयरको मूल्य १७० रुपैयाँ तोकिएको छ । यसको अर्थ लगानीकर्ता शिलबन्दी बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । 

बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन पेस गर्नुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न सकिनेछ । 

बोलपत्र यही असार १६ गतेसम्म धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटको कार्यालयमा पेस गर्नुपर्नेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया