काठमाडौं - सिटिजन्स बैंकको २ लाख ६६ हजार ९९९ कित्ता सेयर बिक्रीमा ल्याएको छ । बिक्रीमा राखिएको सेयरमा विद्यमान सेयरधनीसहित योग्य जोसुकै व्यक्ति, कम्पनी वा संघसंस्थाले बोलपत्र पेस गर्न सक्नेछन् ।
बिक्रीमा राखिएको सेयरको मूल्य न्यूनतम प्रतिकित्ता १६३ तोकिएको छ । बोलपत्र पेस गर्दा न्यूनतम १ हजार कित्ताका लागि खरिद आवेदन पेस गर्नुपर्नेछ । अधिकतममा सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न सकिनेछ ।
बोलपत्र यही असार १६ गतेसम्म धितोपत्र बिक्री प्रबन्धक सनराइज क्यापिटको कार्यालयमा पेस गर्नुपर्नेछ ।
प्रतिक्रिया