काठमाडौं - सानिमा बैंक लिमिटेडले ऋणपत्र निष्काशन गर्ने भएको छ । बैंकले असार १० गतेदेखि वार्षिक १०।२५ प्रतिशत ब्याजदरमा ‘१०.२५ प्रतिशत सानिमा डिबेन्चर २०८९’ निष्काशन तथा बिक्री खुला गर्न लागेको हो ।
सो ऋणपत्रको अवधि १० वर्ष रहनेछ । बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ ।
बाँकी ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिने बैंकले जनाएको छ सर्वसाधारणका लागि बिक्री गरिने ऋणपत्रमा कुनै सामूहिक लगानी कोषबाट आवेदन प्राप्त भएको छैन ।
सो ऋणपत्र खरिदका लागि छिटोमा असार १४ गतेसम्ममा आवेदन दिनुपर्नेछ । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असार २४ गतेसम्म लम्बिनेछ । लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । लगानीकर्ताले सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट सो ऋणपत्र खरिदका लागि आवेदन दिन सक्नेछन् ।
प्रतिक्रिया