सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाज आईपीओ निष्कासन गर्ने, ‘रोड शो’ मा संस्थागत लगानीकर्तालाई निम्तो

४ बर्ष अगाडि

काठमाडौं - सर्वोत्तम सिमेन्ट लिमिटेडले बुक बिल्डिङ विधिअन्तर्गत आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट योग्य संस्थागत लगानीकर्ताका रुपमा कार्य गर्न स्वीकृति प्राप्त संस्थाहरुका लागि छलफल कार्यक्रम (रोड शो) तय गरेको छ ।

कम्पनीले यही असार १९ गते रोड शो आयोजना गर्ने निर्णय गरेको छ । कार्यक्रम काठमाडौंको लाजिम्पाटस्थित र्याडिसन होटेलमा दिउँसो ३ः१५ बाट सुरु हुनेछ ।

कार्यक्रममा कम्पनीले योग्य संस्थागत लगानीकर्ताहरुलाई सहभागी गराई बुक बिल्डिङ निर्देशिका, २०७७ को दफा (८) को व्यवस्थाअनुरुप आशय मूल्य (योग्य संस्थागत लगानीकर्ताले खरिद गर्न चाहेको न्यूनतम धितोपत्र संख्या, आशय मूल्य तथा मूल्यांकनको विधिसहित प्रारम्भिक विवरणपत्रमा सुझाव भएमा सोसमेत) प्राप्त गर्नेछ । 

इच्छुक स्वीकृति प्राप्त संस्थालाई रोड शो कार्यक्रममा सहभागी हुन कम्पनीले आग्रह गरेको छ । कम्पनीले बुक बिल्डिङ विधिबाट ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । आईपीओ निष्कासनको विशेष प्रस्ताव कम्पनीको गत वर्ष माघमा सम्पन्न तेस्रो वार्षिक साधारणसभाले पारित गरेको थियो । 

कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ भने सहनिष्कासन तथा बिक्री प्रबन्धकहरुमा एनआइबिएल एस क्यापिटल र प्रभु क्यापिटल लिमिटेड रहेका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया