काठमाडौं - नेपाल धितोपत्र बोर्डले धितोपत्र कारोबार व्यवस्थापन प्रणाली (टीएमएस) थप गरी स्वीकृत गरेको सेयर कारोबार विनियमावली २०७५ असार ५ गते आइतबारदेखि लागु हुने भएको छ । बोर्डले पठाएको विनियमावली नेपाल स्टक एक्सचेन्ज (नेप्से) को सञ्चालक समितिले स्वीकृत गरी लागु गर्ने निर्णय गरेको हो ।
नेप्सेको गत साता सम्पन्न सञ्चालक समितिको बैठकले स्वीकृत गरेको उक्त विनियमावली लागु भएपछि ब्रोकर आफैले टीएमएस बनाउन सक्ने भएका छन् ।
विदेशी कम्पनीबाट विकास गरएिको टीएमएस स्थापना गर्ने भएमा एक करोड रुपैयाँ चुक्ता पुँजी भएको स्थानीय प्रतिनिधि हुनु पर्छ । यसरी विदेशी विकासकर्ताले विकास गरेको टीएमएस भएमा कारोबार सदस्य अनुसार डाटा स्टोर हुनेगरी डेडिकेटेड कारोबार व्यवस्थापन प्रणाली जडान भएको हुनु पर्ने व्यवस्था विनियमावलीमा गरिएको छ ।
नेप्सेको विनियमावली लागु गर्ने निर्णय गरेसँगै आइएमई समुह र वाइकोको मिलिभगतमा औपचारीक ुब्रेकु लागेको छ । नेप्सेले धितोपत्र बजारको कारोबार व्यवस्थापन प्राणली, तथ्याङक प्रयोग लगायत विषयलाई समेटेर धितोपत्र कारोबार विनियमावली २०७५ लाई संसोधनको मस्यौदा धितोपत्र बोर्डमा पठाएको थियो । सो मस्यौदामा बोर्डले आवश्यक संशोधन गरेर स्वीकृत गरेपछि नेप्सेले लागु गरेको हो ।
विनियमावलीको परिच्छेद २ पछि २ ‘क’ थप गरेर धितोपत्र बजारमा प्रयोग हुने प्रविधिको सम्बन्धमा व्यवस्था थप गरिएको छ । विनियमावली अनुसार कारोबार व्यवस्थापन प्रणाली एक स्टक एक्सचेन्ज र १० वटा कारोबार सदस्यले प्रयोग गरिराखेकोलाई हुनु पर्ने व्यवस्था छ । हाल धितोपत्र दलाल कम्पनीले नेपाल स्टक एक्सचेन्ज ९नेप्से० को कारोबार व्यवस्थापन प्रणाली प्रयोग गरीरहेका छन् ।
प्रतिक्रिया