काठमाडौं - सयपत्री हाइड्रोपावर लिमिटेडले आज असार २ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्रतिशेयर १ सय रुपैयाँ अंकित दरमा ३ लाख कित्ता आईपीओ स्थानीमा बिक्री गर्नेछ । आयस आईपीओ खरीदका लागि आयोजना प्रभावित क्षेत्र अर्थात बागलुङ जिल्ला ताराखोला गाउँपालिका र गल्कोट नगरपालिकामा स्थायी बसोबास गर्ने बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।
उक्त आईपीओमा छिटोमा असार १६ गतेसम्म आवेदन दिन सकिनेछ भने उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा भने ढिलोमा असार ३१ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया