काठमाडौं- लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालले मृत्यु दाबी भुक्तानी गरेको छ ।
कम्पनीले सर्लाही जिल्ला बर्हथवा नगरपालिका वडानं १६ निवासी स्वः छेदी सहनी मलहाको परिवारलाई २ लाख १२ हजार रुपैयाँको चेक प्रदान गरेको छ । मलहाले १ वर्ष अघि जीवन बीमा गराएका थिए ।
छेदी सहनिको गत बैशाखमा मृत्यु भएको थियो । उनले २ लाख रुपैयाँ बराबरको जीवन बीमा गराएका थिए । जसमा ११ हजार ५६० प्रथम बीमा शुल्क तिरेका थिए ।
बर्हथवामा बुधबार आयोजित एक कार्यक्रममा एलआइसीको बर्हथवाका शाखा प्रमुख प्रकाश कार्कीले मृतकको हकवाला सरस्वती देवि सहनिलाई उक्त रकम बराबरको चेक हस्तान्तरण निज को घर मा गएर दिएका थिए ।
चेक हस्तान्तरण पछि शाखा प्रमुख प्रकाश कार्कीले जीवन बीमाको महत्वको बारेका प्रकाश पारेका थिए । उनले अभिकर्ता तथा एजेन्सीहरुलाई जीवन बीमाको महत्व बुझाउन गाँउ शहरमा अभियान थाल्न अनुरोध समेत गरेका थिए ।
प्रतिक्रिया