वाणिज्य बैंकहरुको निक्षेप एकैदिन ७ अर्ब बढ्यो, कुल कति निक्षेप संकलन ?

३ बर्ष अगाडि

काठमाडौं- वाणिज्य बैंकहरुको निक्षेप एकैदिन ७ अर्ब रुपैयाँले  बढेको छ ।  मंगलबारसम्मको तथ्याँक अनुसार बैंकहरुको निक्षेप संकलन एकैदिन ७ अर्ब रुपैयाँले बढेर ४४ खर्ब १ अर्ब रुपैयाँ पुगेको हो।

निक्षेप संकलन बढे अनुसार बैंकहरुले कर्जा नबढाउदा उनीहरुको सिडि रेसियो भने घट्दै गएको छ। ७ अर्ब रुपैयाँले निक्षेप बढ्दा कर्जा भने १ अर्बभन्दा कम मात्रै दिएका छन्। 

मंगलबारसम्ममा बैंकहरुको सिडि रेसियो ८९.६१ प्रतिशतमा झरेको छ। सोमबारसम्ममा बैंकहरुको सिडि रेसियो ८९.७८ प्रतिशत थियो।

अझै धेरै बैंकहरुको सिडि रेसियो ९० प्रतिशतभन्दा माथि रहेकोले बैंकहरुलाई आगामी १ महिनाभित्रै यस्तो रेसियो ९० प्रतिशतभन्दा तल झार्नुपर्ने छ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया