रिभर फल्सको आईपीओ भोलिबाट कारोबारमा आउने, नेप्से कति तोक्यो ओपनिङ रेञ्ज ?

४ बर्ष अगाडि

काठमाडौं- रिभर फल्सको आइपीओ आज बुधबार नेपाल स्टक एकसचेञ्ज (नेप्से) मा सूचीकरण भएको छ । कम्पनीको ७० लाख कित्ता शेयर सूचीकरण भएको हो ।

भोलिबाट कम्पनीको शेयर कारोबार खुला हुनेछ । नेप्सेले यसको ओपनिङ रेञ्ज पनि तोकेको छ । जसअनुसार पहिलो कारोबार न्यूनतम ८७ रुपैयाँ ९८ पैसादेखि अधिकतम २६३ रुपैयाँ ९४ पैसाभित्र रहेर हुनेछ । आरएफपीएल संकेतमा यसको कारोबार खुला हुनेछ ।

कम्पनीले बैशाख २८ गते देखि जेठ ४ गतेसम्म सर्बसाधारणलाई आइपीओ बिक्रि खुला गरेको थियो । कम्पनीले सर्बसाधारणलाई २७ लाख ३० हजार कित्ता शेयर निष्काशन गरेको थियो । जस मध्ये ५४ हजार ६ सय कित्ता शेयर कम्पनीको कर्मचारीको लागि छुट्याईएको थियो भने १ लाख ३६ हजार ५ सय कित्ता शेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको थियो । बाँकि रहेको २५ लाख ३८ हजार ९ सय कित्ताको लागि सर्बसाधारणले आवेदन दिएका छन् ।

४ बर्ष अगाडि

प्रतिक्रिया