काठमाडौं- आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको खादबारी शाखाले घातक रोग वापतको दाबी रकम भुक्तानी गरेको छ ।
पाँचखपन नगरपालिका – ६ घर भई हाल मादी नगरपालिका जनस्वास्थ्य इन्चार्जको रुपमा कार्यरत पोषराज श्रेष्ठलाई हृदयघात जस्तो प्राणघातक रोग देखा परेको हुनाले कम्पनीले उनलाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ।
४२ हजार ७११ को दरले एक किस्ता मात्र बुजाएका श्रेष्ठले दाबी गरेको २८ दिन मै एकमुष्ट रकम पाउदा पुर्ण रुपमा सहयोग पुगेको बताएका छ्न।
उक्त कार्यक्रममा बोल्दै बिमित पोषराज श्रेष्ठले बास्तममै बीमाले भुक्तानी दिने रहिछ,दावी भुक्तानी दिदैन भनेर गलत प्रचार कसैलाई नगर्न र भोलि कसैले देखेको छैन जे पनि हुन सक्छ । त्यसैले बीमा सबैको लागि अपरिहार्य रहेको बताए ।
प्रतिक्रिया