दोहोरो अंकले घटेर १९६६ को बिन्दुमा झर्‍यो नेप्से, करिब डेढ अर्बको कारोबार

४ बर्ष अगाडि

काठमाडौं- साताको तेस्रो कारोबारको दिन (बुधबार) पनि शेयर बजार भारी अंकले ओरालो लागेको छ । गत बिहीबारबाट लगातार ओरालो लागेको शेयर बजार आज पनि ओरालो लागेको हो ।

आज कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक २९.८९ अंकले घटेर १९६६.३७ को बिन्दुमा पुगेको हो । 
 
नेप्सेमा सूचीकृत २२९ कम्पनीको ४१ लाख ८२ हजार ३६९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४९ करोड १७ लाख ५८ हजार ८१७ रुपैयाँको कारोबार भएको छ ।

आज करिब साढे १ अर्बको कारोबार हुँदा सर्वाधिक नेपाल टेलिकम कम्पनीको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन १२ करोड ५७ लाख १४ हजार ६४९ रुपैयाँको कारोबार भएको हो । कम्पनीको शेयर आज १.१७ प्रतिशतले बढेसँगै लगानीकर्ताहरुले आफुसँग भएको शेयर भटाभट बेच्न लागेका हुन् ।

नेप्से परिसूचक ओरालो लागेपनि यस दिन दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। यस दिन आँधीखोला लघुवित्त र सीवाईसी लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। अन्य स्टकको मूल्य वृद्धिदर भने २ प्रतिशतभन्दा कम रहेको छ। यस दिन बलेफी हाइड्रोपावर र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको शेयरमूल्य ८ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै, माउन्टेन हाइड्रो, शिखर इन्स्योरेन्स र सिंगटी हाइड्रोको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेको छ।

यस दिन पनि १३ वटै उपसमूहको परिसूचक ओरालो लागेका छन्। जसमध्ये वित्त, जलविद्युत, लगानी, जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेका छन् भने बैंकिङ्ग, विकास बैंक, उत्पादन तथा प्रशोधन, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।

४ बर्ष अगाडि

प्रतिक्रिया