काठमाडौं- साताको तेस्रो कारोबारको दिन (बुधबार) पनि शेयर बजार भारी अंकले ओरालो लागेको छ । गत बिहीबारबाट लगातार ओरालो लागेको शेयर बजार आज पनि ओरालो लागेको हो ।
आज कारोबारको अन्तिम समयसम्म आइपुग्दाँ नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक २९.८९ अंकले घटेर १९६६.३७ को बिन्दुमा पुगेको हो ।
नेप्सेमा सूचीकृत २२९ कम्पनीको ४१ लाख ८२ हजार ३६९ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ४९ करोड १७ लाख ५८ हजार ८१७ रुपैयाँको कारोबार भएको छ ।
आज करिब साढे १ अर्बको कारोबार हुँदा सर्वाधिक नेपाल टेलिकम कम्पनीको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन १२ करोड ५७ लाख १४ हजार ६४९ रुपैयाँको कारोबार भएको हो । कम्पनीको शेयर आज १.१७ प्रतिशतले बढेसँगै लगानीकर्ताहरुले आफुसँग भएको शेयर भटाभट बेच्न लागेका हुन् ।
त्यस्तै, हिमालयन डिस्टिलरीको ५ करोड २८ लाख, बैंक अफ काठमाण्डूको ५ करोड १६ लाख, एनआइसी एशिया बैंकको ४ करोड ४१ लाख र अरुण भ्याली हाइड्रोपावरको ४ करोड १० लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको हो ।
प्रतिक्रिया