काठमाडौं - सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्ना ग्राहकको वित्तीय आवश्यकताहरु अझ सहज ढंगबाट परिपूर्ति गर्ने अभिप्रायका साथ वेबसाइटमार्फत विभिन्न आवश्यक सेवाहरुका लागि निवेदन दिन मिल्ने व्यवस्था गरेको छ ।
प्रारम्भिक रुपमा ग्राहकले बैंकमा नगई आफ्नो डिम्याट, मेरो सेयर, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ तथा क्यूआर कोडलगायतका सेवाहरुका लागि अनलाइनमार्फत नै निवेदन दिन सक्ने व्यवस्था बैंकले गरेको छ ।
वेबसाइटमार्फत ग्राहकले मोबाइल तथा इन्टरनेट बैंकिङको निःशुल्क रेजिस्ट्रेसनरबन्द गर्नरपासवर्ड रिसेट, मेरो सेयरको रजिस्ट्रेसनरनवीकरणरपासवर्ड रिसेट, सीआरएन नम्बर दर्ता तथा जानकारी, क्यूआर कोडको दर्ता/पासवर्ड रिसेटजस्ता सेवा घरैबाट प्राप्त गर्न सक्नेछन्। यी सबै सेवा बैंकको वेबसाइटमार्फत Smart Services वा https://servicerequests.ctznbank.com/ मा गएर प्राप्त गर्न सकिने जानकारी बैंकले दिएको छ ।
यस प्रकारका सेवाबाट बैंकका ग्राहकले सहज रुपमा सेवा प्राप्त गरी लाभान्वित हुने र डिजिटल बैंकिङ सभ्यताको विकास हुने विश्वास बैंकले लिएको छ। निकट भविष्यमा अन्य थुप्रै सेवाहरुलाई यसमा समावेश गर्दै लाने उद्देश्यका साथ कार्य भइरहेको जानकारी बैंकले गराएको छ।
प्रतिक्रिया