काठमाडौं – टीट्वान्टी शृङ्खला अन्तर्गतको नेपाल र संयुक्त अरब इमिरेट्स (यूएई)बीचको तेस्रो खेल वर्षाका कारण निर्धारित समयभन्दा ढिला गरी सुरु भएको छ । २० ओभरको खेल १० ओभरमा झारिएको छ।
निर्धारित समयभन्दा अढाइ घण्टा ढिलागरी खेल सुरु भएको हो। यूईले टस जितेर फिल्ड रोजेको छ। ओसिलो मैदानमा नेपालले पहिला ब्याटिङ गरिरहेको छ । कप्तान पारस खड्का र पवन शरार्फ क्रिजमा छन् ।
वर्षाका कारण दुबईस्थित अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल ९आईसीसी० एकेडेमी ओभलमा २: ३० मा हुने भनिएको खेल अवरुद्ध भएको थियो।
प्रतिक्रिया