स्वाभिमान लघुवित्तको १ लाख बढी कित्ता शेयर बिक्रीमा

४ बर्ष अगाडि

काठमाडौं, स्वाभिमान लघुवित्त वित्तीय संस्थाले १ लाख २० हजार ८५ कित्ता संस्थापक शेयर विक्री गर्ने भएको छ ।

कम्पनीले मंगलवार एक सूचना जारी गर्दै कम्पनीका संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर विक्री गर्ने जानकारी दिएको हो । 

सो शेयर खरीदका लागि संस्थापक शेयरधनीहरुले आजको मितिले ३५ दिनभित्र आवेदन गर्न सक्नेछन् । 

उक्त शेयर खरीदका लागि कम्पनीको केन्द्रीय कार्यालय तिलोत्ता ५ रुपन्देहीमा निवेदन दिन कम्पनीले अनुरोध गरेको छ । 

४ बर्ष अगाडि

प्रतिक्रिया