भोलिबाट बैंकहरुको बिदा तथा बैंकिङ समयमा पूर्ववत् व्यवस्था लागू हुने

३ बर्ष अगाडि

काठमाडौं- बैंक तथा वित्तीय संस्थाहरुको बिदा र कार्यालय समय असार १ गतेबाट पूर्ववत व्यवस्थाअनुसार लागू हुने भएको छ। 

नेपाल राष्ट्र बैंकले आज एक सूचना प्रकाशित गर्दै २०७८ चैत ६ गते गभर्नरबाट सदर टिप्पणीअनुसारको २०७९ सालका लागि निर्धारित बैंक बिदा सूची, कार्यालय समय र बैंकिङ कारोबार समयसम्बन्धी पूर्ववत् व्यवस्था असार १ गतेबाट लागू हुने जनाएको छ। 

यसअघि सरकारले जेठ महिनामा परीक्षणका रुपमा लागू लगेको सातामा २ दिन बिदा दिने निर्णयअनुसार बैंक तथा वित्तीय संस्थाहरुको बैंक बिदा र कार्यालय तथा बैंकिङ समय फेरबदल गरिएको थियो। 


 

३ बर्ष अगाडि

प्रतिक्रिया