साताको दोस्रो कारोबारको दिन (मंगलबार) शेयर बजार ओरालो लाग्दै २००० भन्दा तलको बिन्दुमा झरेको छ । मंगलबार नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक उच्च अंकले घटेर १९९६.२६ को बिन्दुमा पुगेको हो ।
आज नेप्से परिसुचक ३६.०७ अंक्ले घटेर १९९६.२६ को बिन्दुमा झरेको हो ।
आज नेप्से ३६ अंकले घट्दा सूचीकृत २३२ कम्पनीहरुको ४१ लाख ४७ हजार २५५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १८ करोड ५५ लाख ४६ हजार १७९ रुपैयाँको कारोबार भएको छ ।
आज १ अर्बमाथिको कारोबार हुँदा सर्वाधिक शिवम् सिमेन्ट्सको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज एकैदिन ४ करोड ६७ लाख १८ हजार १९३ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, एसीसी बैंकको ३ करोड ७९ लाख, नेपाल लाइफ इन्स्योरेन्सको ३ करोग ३३ लाख, नबिल बैंकको ३ करोड २० लाख रुपैयाँ र उपकार लघुवित्त वित्तीय संस्थाको २ करोड ८७ लाख रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।
प्रतिक्रिया