काभ्रे- जिल्लाको पनौती नगरपालिकाले आज (मंगलबार) सार्वजनिक बिदा दिएको छ ।
नगरपालिकाले एक सूचना जारी गर्दै नगरपालिका क्षेत्र भित्र प्रत्येक वर्ष लाग्ने सांस्कृतिक महत्त्वको ऐतिहासिक पनौती जात्रा(ज्यापून्हि) को अवसरमा आज (जेठ ३१) गते मंगलबार १ दिन नगरपालिका क्षेत्रभर सार्वजनिक बिदा दिने भएको हो ।
यस जात्रामा घुम किन्ने,चिउली केरा किनेर खाने प्रचलन चलि आएको छ ।

प्रतिक्रिया