९.८३ प्रतिशत लाभांश र एफपीओ निष्काशन प्रस्तावसहित विन नेपाल लघुवित्तको साधारण सभा आज हुदैँ, कति बजे र कहाँ ?

३ बर्ष अगाडि

काठमाडौं- विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको सातौं वार्षिक साधारण सभा आज (जेठ ३१ गते) बस्दैछ । सभा इन्द्रावती सामुदायिक सेवा केन्द्र, फटकशिला–८, सिन्धुपाल्चोकमा बिहान ११ बजे बस्नेछ ।

उक्त सभाले गत आर्थिक वर्षको मुनाफाबाट ९.३३ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.५ प्रतिशत नगद लाभांश प्रस्ताव पारित गर्नेछ । साथै बोनस वितरणपछि कायम हुने चुक्तापुँजीको आधारमा एफपीओ निष्काशन गर्ने प्रस्ताव समेत सोही सभाले पारित गर्नेछ ।

यसबाहेक उक्त सभाले अन्य कोही लघुवित्त वित्तीय संस्थासँग गाभ्ने गाभिने वा मर्जरमा जाने सम्बन्धमा सम्पूर्ण कार्य गर्ने खख्तियारी संचालक समितिलाई प्रदान गर्ने प्रस्ताव समेत रहेको छ ।

त्यस्तै, संचालक समितिमा संस्थापक समूहतर्फबाट प्रतिनिधित्व गर्ने ४ जना संचालक र सर्वसाधारण शेयधरनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना संचालक निर्वाचन गर्ने र आव २०७८।७९ को लागि लेखापरिक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक समेत निर्धारण गर्ने सभाको एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थ शेयर दाखिला खारेज किताब बन्द (बुकक्लोज) जेठ १८ गतदेखि जेठ ३१ गतेसम्म तोकेको थियो । यसअनुसार जेठ १७ गतेसम्म कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन र प्रस्तावि लाभांश पाउनेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया