काठमाडौं- नेपाल राष्ट्र बैंकले मंगलबार विनिमयदर सार्वजनिक गरेको छ ।
आज अमेरिकी डलरको भाउ अहिलेसम्मकै उचाइमा पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार अमेरिकी एक डलर किन्नका लागि १२५ रुपैंया १६ पैसा खर्चिनु पर्ने भएको छ ।
हिजो अर्थात सोमबार अमेरिकी डलरको भाउ १२४ रुपैंया २४ पैसा रहेको थियो । एक महिनादेखि १२४ रुपैयाँमाथि रहेको डलरको भाउ मंगलबार पहिलोपटक १२५ रुपैयाँमा उक्लिएको हो ।
युरोपियन युरोमा भने सामान्य गिरावट आएको छ । युरो १३० रुपैयाँ ९५ पैसा रहेको छ । अस्ट्रेलियन डलरमा पनि सामान्य गिरावट आएको छ । अस्ट्रेलियन डलर ८७ रुपैयाँ २१ पैसा रहेको छ ।
प्रतिक्रिया