नेपाल इन्स्योरेन्सको ११ प्रतिशत बोनस शेय पारित

३ बर्ष अगाडि

काठमाडौं-  नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । आर्थिक वर्ष ७७/०७८ कोे ७३ औं वार्षिक साधारण सभा कम्पनीका सञ्चालक समितिका अध्यक्ष अर्जुन पौडेल शर्माको सभापतित्वमा नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग, भृकुटिमण्डप काठमाडौंमा सम्पन्न भएको हो ।

कम्पनीको आर्थिक वर्ष ७७/०७८ को नाफा नोक्सान हिसाबमा वाँडफाँडका लागि उपलब्ध रकमबाट कम्पनीको हाल कायम रहेको चुक्ता पूँजी १ अर्ब २४ करोड २३ लाख रुपैयाँको ११ प्रतिशत बोनस शेयर र नगद लाभांश (बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ) ०.५७८९ प्रतिशत वितरण गर्ने प्रस्तावलाई साधारण सभामा सर्बसम्मतीले पारित गरेको छ । अब कम्पनीको चुक्ता पूँजी १ अर्ब ३७ करोड ८९ लाख पुग्नेछ ।

कम्पनीले आफ्नो व्यवसाय विस्तार गर्न तथा देशका ग्रामिणस्तरसम्म बीमाको पहुँच पुर्याउन प्रधान कार्यालय सहित देशका विभिन्न क्षेत्रहरुमा ५९ वटा शाखा कार्यालयहरुबाट बीमितहरुलाई सहज र सरल रुपमा उत्कृष्ट बीमा सेवा प्रदान गर्दै आएकोमा आगामी दिनमा आबश्यकताका आधारमा कम्पनीको थप शाखा संजाललाई बिस्तार गरि देशको ग्रामिण स्तर सम्म सेवाग्राहीहरुलाई बीमा सेवाको पहुँच पु(याउने अठोटका साथ नियमनकारी निकायहरुको निर्देशन तथा बीमकको संस्थागत सुशासनहरुको पालन गरि लक्ष्य अनुसार नै अगाडी बढि रहेको छ ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया