लगानीकर्ताहरुको माइतिघरदेखि बानेश्वरसम्म विरोध कार्यक्रम

४ बर्ष अगाडि

काठमाडौं उपत्यका बाहिरका लगानीकर्ताहरुले पनि जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएर लगानीकर्ताको आन्दोलनलाई समर्थन जनाएका छन्।

गुल्मी, पर्बत लगायतका जिल्लाहरुमा लगानीकर्ताले जिल्ला प्रशासन कार्यालयमा पुगेर ज्ञापन पत्र बुझाएका हुन्। पूँजी बजार संघर्ष समितिले आज उपत्यका बाहिरका लगानीकर्ताहरुले आफ्नो जिल्ला प्रशासन कार्यालयमा पूँजी बजारको सुधारका लागि ज्ञापन पत्र बुझाउने कार्यक्रम तय गरेको थियो। सोहि अनुसार लगानीकर्ताले प्रशासन कार्यालय पुगेर ज्ञापन पत्र बुझाएका हुन्।

यस्तै, काठमाडौंमा पनि लगानीकर्ताले आन्दोलन जारी नै राखेका छन्। आज पनि लगानीकर्ताहरु माइतिघरमा जम्मा भएर बानेश्वरसम्म विरोध प्रदर्शन गरेका छन्।

लगानीकर्ताहरुले पुँजीबजारमैत्री नीति लागू गर्न, नीतिगत भ्रष्टाचार अन्त्य गर्न, बैंकलाई ब्रोकर लाइसेन्स दिन, सीसीडी रेसिया कायम गर्न, ४–१२ को क्याप हटाउन, बोनसमा लाभांश कर हटाउन, पुँजीगत लाभकर कम गर्न, स्थिर ब्याजदर कायम गर्न, १९ बुँदे माग पूरा गर्नजस्ता नारा लगाइरहेका छन्। 

केन्द्रीय बैंकले मौद्रिक नीतिको तयारी गरिरहँदा लगानीकर्ताहरुले मौद्रिक नीतिमा आफ्नो माग सम्बोधन गराउन आन्दोलनलाई थप सशक्त बनाउने घोषणा गरेका हुन।

४ बर्ष अगाडि

प्रतिक्रिया