काठमाडौं- लोकप्रिय मोटरसाइकल ब्रान्ड क्रसफायरको मूल्य डेढ लाख रुपैयाँँसम्म बढेको छ ।
क्रसफायर मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी क्लासीक ह्वील एक्सपोर्ट एण्ड इम्पोर्टले हालै सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार मोटरसाइकलको मूल्य १ लाख ४० हजार रुपैयाँसम्मले वृद्धि भएको हो ।
कम्पनीले विक्री गर्ने ३ मोडलका मोटरसाइकलहरु क्रसफायर आरएम २५०, एचजे र ट्रेकरको क्रमश १ लाख ४० हजार रुपैयाँ, २५० मा १ लाख रुपैयाँ, ट्रेकर २५० मा ३५ हजार रुपैयाँले मूल्य बढेको छ ।
अब क्रसफायर आरएम २५० को नयाँ मूल्य ८ लाख ८८ हजार, एचजे २५० को मूल्य ७ लाख ७० हजार रुपैयाँ, ट्रेकर २५० को मूल्य ४ लाख १० हजार रुपैयाँ तोकिएको छ ।
बजेट मार्फत भन्सार दर बढेसँगै नेपालको मोटरसाइकल विक्रेता कम्पनीहरुले धमाधम मोटरसाइकलको मूल्य वृद्धि गरिरहेका छन् ।
प्रतिक्रिया