काठमाडौं- साताको पहिलो कारोबारको दिन (सोमबार) पनि शेयर बजार ओरालो लागेको छ ।
गत साताको बुधबार ६०.२२ अंकले बढेको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक बिहीबारबाट फेरि ओरालो लागेको हो । आज कारोबारको अन्तिम समयसम्म आइपुग्दा नेप्से परिसुचक १५.८२ अंकले घटेर २०३२.३४ को बिन्दुमा पुगेको हो ।
बलेफी हाइड्रो पावरको शेयरमूल्य ९.९९ प्रतिशत र ग्रिन भेन्चर्सको शेयरमूल्य ९.९८ प्रतिशतका दरले वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको छ ।
त्यस्तै, युनिलिभर नेपाल, आधिखोला लघुवित्त, तेह्रथुम पावर, युनाईटेड इर्दी मर्दी, हिमालयन पावर पार्टनर,सर्पोट माईक्रोफाइनान्स, दिव्यश्वरी हाईड्रोपावर र किसान लघुवित्तको लगानीकर्ताले आज सर्वाधिक कमाएका छन् ।
प्रतिक्रिया