काठमाडौं- साताको पहिलो कारोबारको दिन (सोमबार) पनि शेयर बजार ओरालो लागेको छ ।
गत साताको बुधबार ६०.२२ अंकले बढेको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक बिहीबारबाट फेरि ओरालो लागेको हो । आज कारोबारको अन्तिम समयसम्म आइपुग्दा नेप्से परिसुचक १५.८२ अंकले घटेर २०३२.३४ को बिन्दुमा पुगेको हो ।
आज २३० कम्पनीको २९ लाख २० हजार ७०५ कित्ता शेयर खरिदबिक्री हुदाँ ९९ करोड ८६ लाख ७४ हजार २६२ रुपैंया बराबरको कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक सानिमा बैंकको शेयर खरिदबिक्री भएको छ । बैंकको आज एकैदिन ९ करोड १ लाख ६१ हजार ५७४ रुपैयाँको कारोबार भएको हो ।
यस दिन बलेफी हाइड्रोपावर र ग्रीन भेन्चर्स लिमिटेडको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। बलेफी हाइड्रोपावरको शेयरमूल्य यस दिन २७ रुपैयाँ १० पैसा बढेर २९८ रुपैयाँ ३० पैसामा अन्तिम कारोबार भएको छ भने ग्रीन भेन्चर्सको २९ रुपैयाँ १० पैसा बढेर ३२० रुपैयाँ ७० पैसामा अन्तिम कारोबार भएको छ। अन्य स्टकको मूल्य वृद्धिदर भने ५ प्रतिशतभन्दा कम रहेको छ।
यता कारोबारमा आएको मानुषी लघुवित्तको शेयरमूल्य सर्वाधिक ५.४० प्रतिशत घटेको छ। त्यसैगरी, यस दिन एनएमबी ५०, ओरियन्टल होटल र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य ५ प्रतिशतभन्दा बढी घटेका छन्।
यस दिन १३ वटै उपसमूहको परिसूचक ओरालो लागेका छन्। जसमध्ये वित्त, होटल तथा पर्यटन, लगानी, जीवन बीमा, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन्।
प्रतिक्रिया