काठमाडौं-साताको पहिलो कारोबारको दिन (सोमबार) पनि शेयर बजार ओरालो लागेको छ ।
गत साताको बुधबार ६०.२२ अंकले बढेको नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसुचक बिहीबारबाट फेरि ओरालो लागेको हो । आज कारोबारको अन्तिम समयसम्म आइपुग्दा नेप्से परिसुचक १५.८२ अंकले घटेर २०३२.३४ को बिन्दुमा पुगेको हो ।
आज २३० कम्पनीको २९ लाख २० हजार ७०५ कित्ता शेयर खरिदबिक्री हुदाँ ९९ करोड ८६ लाख ७४ हजार २६२ रुपैंया बराबरको कारोबार भएको छ ।
सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक सानिमा बैंकको शेयर खरिदबिक्री भएको छ । बैंकको आज एकैदिन ९ करोड १ लाख ६१ हजार ५७४ रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, उपकार लघुवित्तको ५ करोड ६३ लाख, सिभिल बैंकको ५ करोड ३७ लाख, बैंक अफ काठमाण्डूको ४ करोड ६९ लाख र सेन्चुरी कमसिर्यल बैंकको २ करोड ८३ लाख रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
प्रतिक्रिया