कुमारी बैंक ग्राहकहरुलाई होटेल सेन्ट्रल प्लाजामा १५ प्रतिशत छुट

३ बर्ष अगाडि

काठमाडौं- कुमारी बैंक लिमिटेडका ग्राहकले बाँकेको कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजामा विशेष छुट पाउने भएका छन्।

कुमारी बैंक र होटेल सेन्ट्रल प्लाजाबीच छुट प्रदान गर्ने सम्झौता भएको हो। सम्झौताअनुसार कुमारी बैंकका ग्राहकले होटेल सेन्ट्रल प्लाजाबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट पाउनेछन्। 

कुमारी बैंकका ग्राहकले सो होटेलबाट सेवा लिएबापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिट वा क्रेडिट कार्ड वा मोबाइल बैंकिङबाट गर्दा होटेलको फुड एन्ड बेभरेज र रुम शुल्कमा १५ प्रतिशत छुट प्राप्त गर्न सकिनेछ।

कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटीएम, ४२ शाखारहित बैंकिङ इकाइ तथा १६ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ सुविधा दिँदै आएको छ।
 

३ बर्ष अगाडि

प्रतिक्रिया