काठमाडौं- नेपाल नेत्र ज्योति संघले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ ।
संघले माइक्रोबायोलोजिस्टमा १, विएमएलटिमा १, आउटरिच संयोजकमा १, परियोजना पर्यवेक्षकमा १ र आईटी एसोसिएट्समा १ गरि जम्मा ५ जना कर्मचारी माग गरेको हो ।
माइक्रोबायोलोजिस्टको लागि उमेर सीमा २१ वर्षमाथि र ४० वर्षभन्दा कम रहेको छ । साथै विएमएलटि, आउटरिच संयोजक, परियोजना पर्यवेक्षक र आईटी एसोसिएट्सको लागि उमेर सीमा १८ भन्दा माथि र ३५ वर्षभन्दा कम रहेको छ ।
ईच्छुक तथा अनुभवी उम्मेदवारहरुले आफ्नो बायोडाटा र शैक्षिक कागजातको विवरणसहित ईमेलमा वा अस्पतालको रिसेप्शनमा असार १३ गतेसम्म पठाउन सघंले जनाएको छ ।
प्रतिक्रिया