काठमाडौं- आज सोमबार, स्पेशल प्रि ओपन सेसनमा सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको पहिलो कारोबार भएको छ।
यस दिन लघुवित्तको शेयर प्रतिकित्ता ३८२ रुपैयाँ २० पैसामा पहिलो कारोबार भएको हो।
लघुवित्तको शेयर जेठ २७ गते, शुक्रबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० मा सूचीकृत भएको थियो। लघुवित्तले सर्वसाधारणलाई निष्काशन गरेको ३ लाख ९५ हजार ३३६ कित्ता र संस्थापकहरुले लगानी गरेको ८ लाख २१ हजार ८२ कित्ता शेयर गरी सो बराबरको शेयर नेप्सेमा सूचीकृत गरेको थियो।
लघुवित्तको शेयरलाई नेप्सेले न्यूनतम ३४४ रुपैयाँ ३६ पैसादेखि १०३३ रुपैयाँ ८ पैसा ओपनिङ्ग रेन्ज प्रदान गरेको थियो। सोही अनुसार यस दिन लघुवित्तको पहिलो कारोबार भएको हो।
लघुवित्तको स्टक टिकर सिवाईसीएल रहेको छ।
प्रतिक्रिया