गत साता साढे ३० अंकले घटेको शेयर बजारको यात्रा यस साता कता ?

४ बर्ष अगाडि

काठमाडौं- गत साता नेपाल स्टक एक्सेञ्च (नेप्से) परिसूचक साढे १ प्रतिशत घटेको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन २०७८.७० विन्दुमा बन्द भएको नेप्से, गत साता ३०.५४ अंक घटेर २०४८.१६ विन्दुमा झरेको छ।

५ कारोबार दिनमध्ये ४ कारोबार दिन बजार नकारात्मक रहँदा नेप्सेले सो बराबरको अंक गुमाएको हो। गत साताको बुधबार मात्र नेप्से ६०.२२ अंकले बढेको थियो। बाँकी कारोबार दिनमा नेप्से ओरालो लागेको थियो।

यस अनुसार यस साता नेप्से उकालो लागेमा २२५९.५२ विन्दुमा प्रतिरोधको सामना गर्नेछ भने ओरालो लागेमा २००० विन्दुमा टेवा पाउने देखिन्छ।

गत साता पनि नेप्सेको ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ। यसले बजार अझै नकारात्मक रहेको संकेत गर्दछ।

गत साता नेप्से घटेपनि भोल्यूम भने सामान्य बढेको छ। गत साता नेप्सेमा दैनिक औषतमा १ अर्ब ३१ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ। जबकी नेप्सेको २० दिने औषत भोल्यूम १ अर्ब ३० करोड छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम १.३५ प्रतिशत बढी हो।

गत साता १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको थियो भने २ उपसमूहको परिसूचक बढेको थियो। जसमध्ये लघुवित्त उपसमूहको परिसूचक १.१७ प्रतिशत बढेको थियो। अघिल्लो साता ४२९७.९० विन्दुमा रहेको सो उपसमूहको परिसूचक गत साता ५०.२६ अंक बढेर ४३४८.१६ विन्दुमा पुगेको छ।

यस अनुसार यस साता सो उपसमूहको परिसूचक उकालो लागेमा ४८०० विन्दुमा प्रतिरोधको सामना गर्ने देखिन्छ भने ओरालो लागेमा ४००० विन्दुमा टेवा पाउने देखिन्छ।

सो उपसमूहको परिसूचक गत साता बढेपनि ५ दिने इएमए, २० दिने इएमएभन्दा तल रहेको छ। यसले सो उपसमूह अझै नकारात्मक क्षेत्रमा रहेको संकेत गर्दछ। यद्यपि, यी दुई इएमए बीचको दूरी भने घट्दो छ।

४ बर्ष अगाडि

प्रतिक्रिया