संस्थापक र साधारण सेयर संरचना परिमार्जन गर्दै नेपाल लाइफ इन्स्योरेन्स

३ बर्ष अगाडि

काठमाडौं - नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक र साधारण सेयर संरचना परिमार्जन गर्ने भएको छ । कम्पनीले संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्दै ५१ः४९ कायम गर्ने भएको हो । 

हाल कम्पनीमा संस्थापक सेयरको हिस्सा ६० प्रतिशत रहेकोमा त्यसलाई ५१ प्रतिशत कायम गर्न लागिएको हो । कम्पनीको २१ औँ वार्षिक साधारण सभाले सेयर स्वामित्व परिमार्जन गर्दै ५१ः४९ कायम गर्ने विशेष प्रस्ताव पारित गरेको थियो । 


 

३ बर्ष अगाडि

प्रतिक्रिया