क्रिप्टोकरेन्सीको मूल्यमा निरन्तर गिरावट, कति पुग्यो मूल्य ?

३ बर्ष अगाडि

एजेन्सी - पछिल्लो समय क्रिप्टोकरेन्सीको मूल्यमा निरन्तर गिरावट आइरहेको छ । 

आइतबार बिटक्वाइनको मूल्य २८ हजार डलरमुनि झरेको छ । आइतबार चर्चित क्रिप्टोकरेन्सी बिटक्वाइनको मूल्य २७५९५.७० डलरमा सीमित भएको छ । यससँगै बिटक्वाइनको मूल्यमा पछिल्लो २४ घण्टामा ४ प्रतिशतको गिरावट आएको छ । 

आइतबार ग्लोबल क्रिप्टो मार्केट क्यापको मूल्य १.१३ करोड डलर छ । जुन अघिल्लो दिनको तुलानामा ५.०९ प्रतिशतले कम हो । कुल क्रिप्टो मार्केट भोल्युम पछिल्लो २४ घन्टामा ७१.५५ अर्ब डलर रहेको छ। जुन अघिल्लो दिनको तुलनामा ६.१४ प्रतिशतले बढी हो । 

यस्तै अन्य बिटक्वाइनको मूल्यमा पनि गिरावट आएको छ । डजक्वाइनको मूल्य १२.८ प्रतिशतले घटेर ०.०६६१६९ डलरमा सीमित भएको छ । कार्डानोको मूल्यमा पनि १०.९ प्रतिशतको गिरावट आएको छ । यो गिरावटका साथ कार्डानोमो मूल्य ०.५२२२११ डलरमा सीमित भएको छ । 

यसैगरी सोलानाको मूल्य १३.९ प्रतिशतले घटेर ३२.४३ डलरमा झरेको छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया