नेपाल इन्स्योरेन्सले आज लाभांश वितरण प्रस्ताव पारित गर्ने, क-कस्ले पाउँछन् ?

३ बर्ष अगाडि

काठमाडौं - नेपाल इन्स्योरेन्सको ७३औं वार्षिक साधारण सभा आज हुने भएको छ । कम्पनीले सभा नेपाल पर्यटन बोर्ड प्रदर्शनीमार्ग, काठमाडौंमा बिहान ११ बजे गर्ने जनाएको छ ।

सभाले गत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित कुल ११.५८ प्रतिशत लाभांश वितरण प्रस्ताव पारित गर्नेछ ।

कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ११ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ५८ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो ।

हाल कम्पनीको चुक्तापूँजी १ अर्ब २४ करोड २३ लाख ३८ हजार रहेको छ । उक्त पूँजीको आधारमा १३ करोड ६६ लाख ५७ हजार बराबरको बोनस शेयर र ७१ लाख ९२ हजार बराबरको नगद लाभांश कम्पनीले वितरण गर्न लागेको हो ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले जेठ १७ गतेदेखि जेठ ३० गतेसम्म बुक क्लोज गरेको थियो। बुक क्लोजको आधारमा जेठ १६ गतेसम्म कायम शेयरधनीहरु मात्र सभामा भाग लिन र लाभांश पाउन सक्नेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया