बीएमडब्ल्युले जी ३१० आरआर नेपाली बजारमा ल्याउने तयारी गरेको छ । भारतीय बजारमा समेत सार्वजनिकको तयारी भइरहेको यो मोटरसाइकल नेपालमा लामो समयदेखि प्रतिक्षा गरिएको बाइक हो ।
हालै बीएमडब्ल्यू मोटोरार्ड इन्डियाले यो मोटरसाइकलको लागि बुकिङ खुला गरेको छ । हालै भारतमा उत्पादन भएको बीएमडब्ल्यूका जी ३१० आर र जी ३१० जीएस विक्री वितरण हुँदै आएको छ ।
नेपालका लागि बीएमडब्ल्यू मोटरसाइकलको आधिकारिक वितरक टर्क मोटर्सले केही समयभित्रै नेपाल भित्र्याउने तयारी गरेको छ ।
३१३ सीसी क्षमताको यो मोटरसाइकलले २५ पीएसमा २७ एनएममा पावर जेनेरेट गर्छ । ६ गियर स्पिड गियर बक्स, एलइडि लाइट, एबिएस लगायका बिशेषता छन् । यो मोटरसाइकलले ७।२ सेकेन्ड मै १०० किलोमिटरको प्रति घण्टाको रेन्ज भेटाउँछ । नेपाली बजारमा आउने भने पनि मूल्यको बिषयमा भने जानकारी दिइएको छैन ।
प्रतिक्रिया