एभरेष्ट बैंक र हिमालयन बैंकले ऋणपत्र निष्काशन गर्न सेवोनमा दियो निवेदन, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं - दुई बैंकले ऋणपत्र निष्काशन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । निवेदन दिनेमा एभरेष्ट बैंक र हिमालयन बैंक रहेका छन् । 

 एभरेष्ट बैंक
 एभरेष्ट बैंकले उर्जा ऋणपत्र निष्काशन गर्नका लागि बोर्डमा गत जेठ २४ गते निवेदन दिएको हो । एभरेष्ट बैंकले २० लाख कित्ता ऋणपत्र निष्काशन गर्नका लागि निवदन दिएको हो ।

ऋणपत्र निष्काशन गर्न सेबोनबाट स्वीकृती पाएपछि कम्पनीले कुल २० लाख कित्तामध्ये ८ लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने बाँकी रहेको १२ लाख कित्ता व्यक्तिगततवरबाट विक्री गर्नेछ । विक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

हिमालयन बैंक
हिमालयन बैंकले ऋणपत्र निष्काशनका लागि जेठ २३ गते बोर्डमा निवेदन दिएको हो । बैंकले २५ लाख कित्ता ऋणपत्र निष्काशन गर्नका लागि सेबोनमा निवेदन दिएको हो ।

कम्पनीले सेबोनबाट स्वीकृती पाएपछि कुल कित्तामध्ये १० लाख कित्ता सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने बाँकी रहेको १५ लाख कित्ता व्यक्तिगततवरबाट विक्री गर्नेछ । विक्री प्रबन्धकमा नबिल इन्भेष्टमेण्ट बैंकिङ्ग लिमिटेड रहेको छ ।

४ बर्ष अगाडि

प्रतिक्रिया