वाणिज्य बैंकहरुले असारमा पनि निक्षेपको ब्याजदर नबढाउने

३ बर्ष अगाडि

काठमाडौं - असार महिनामा पनि निक्षेपको ब्याजदर स्थिर राख्ने वाणिज्य बैंकहरुबीच सहमति भएको छ ।

नेपाल बैंकर्स संघका अध्यक्ष अनिलकुमार उपाध्यायका अनुसार वाणिज्य बैंकका सीईओहरुबीच असारमा पनि ब्याजदर स्थिर राख्ने सहमति भएको छ ।

वाणिज्य बैंकहरुले माघदेखि निक्षेपको ब्याजदर बढाएका छैनन् । जसअनुसार असारमा पनि वाणिज्य बैंकहरुले मुद्दति निक्षेपमा व्यक्तिगततर्फ अधिकतम ११.०३ प्रतिशत र संस्थागततर्फ १०.०३ प्रतिशत ब्याज दिनेछन् । रेमिट्यान्स पठाउनेले भने १२.०३ प्रतिशत ब्याजदर पाउनेछन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया