काठमाडौं - नेपालमा शुक्रबार चेरी टिग्गो ८ प्रो एसयुभि सार्वजनिक गरिएको छ । नेपालका लागि चेरी ब्रान्डको आधिकारिक वितरक सारडा ग्रुप अन्तर्गतको एसपिजी अटोमोबाइलस्ले शुक्रबार चेरी टिग्गो ८ प्रो एसयूभि ल्याएको हो ।
चेर्री ४ प्रो बजारमा ल्याएर नेपालीमा भित्रिएको घोषणा भएको चेरीले यो दोस्रो गाडी बजारमा उतारेको हो । प्रमियम एसयूभिको रुपमा नेपाल भित्रिएको यो गाडी फरक डिजाइन र प्रविधिमा आधारित छ । चेरी टिग्गो ८ प्रो एसयूभिमा १.६ लिटरको टिजीडीआई पेट्रोल इन्जिन दिइएको छ भने युरो ६ मापदण्डमा आधारित छ ।
१५९८ सीसी इन्जिन क्षमताको यो गाडीले अधिकतम १९७ पिएस र २९० एनएमको अधिकतम टर्क उत्पादन गर्दछ । टिग्गो ८ को प्रमाणित माइलेज १० किमी प्रति घण्टा रहेको छ । त्यस्तै, नयाँ टिग्गो ८ एसयूभिमा ४७२२ एमएम लम्बाइ र १८ सय ६० एमएम उचाई रहेको छ । यो गाडीको ग्राउन्ड क्लियरेन्स १९४ एमएम रहेको छ ।
यसमा १२।३ इन्चको टचस्क्रीन फ्लोटिङ इन्फोटेन्मेन्ट डिस्प्ले, ९ इन्चको इन्टुमेन्ट डिस्प्ले र ८ इन्चको टचस्क्रीन एसी कन्ट्रोल डिस्प्ले सहित ड्यासबोर्डमा तीनवटा स्क्रीन रहेको छ । ड्राइभ बाइ वायर सिस्टम रहेको यो एसयूभीको पार्किङ ब्रेक पनि इलेक्ट्रिक रहेको छ ।
मल्टी फङ्सन स्टेरिङ ह्वील, इन्टेलिजेन्ट भोइस कन्ट्रोल, डिउलजोन क्लाइमेट कन्ट्रोल, सोनीको ८ वटा स्पीकर, वायरलेस चार्जीङ आदि फिचर रहेको छ । सुरक्षाका लागि ६ वटा एयरब्याग, एबीएस, ईबीडी, ईबीए, हिल असिस्ट कन्ट्रोल साथै डाइनामिक गाइडलाइन सहितको ३६० डिग्री क्यामरा रहेको छ ।
चेरी अटोमोबाइल कम्पनी लिमिटेडको स्थापना १९९७ मा भएको थियो । चीन अवस्थित ग्लोबलाइज अटोमोबाइल ब्रान्डको रुपमा परिचित छ । अहिलेसम्म चेरीले ८० भन्दा बढी देश र क्षेत्रहरुमा आफ्नो सवारी निर्यात गरिसकेको छ भने १० विदेशी कारखाना, १५०० भन्दा बढी विदेशी डिलर स्थापना गरिसकेको छ ।
चेरी ब्रान्डका बिश्वभर ९ मिलियन प्रयोगकर्ता रहेको कम्पनीको दाबी छ । कम्पनीले एरिजो, टिगो, एक्सिडलगायत ब्रान्डमा गाडी उत्पादन गर्दै आएको छ ।
प्रतिक्रिया