सेयर बजार घट्नुको मुख्य कारण आन्दोलन तुहाउने गिरोहको स्वार्थ : स्वतन्त्र पूंजी बजार सुधार संघ

४ बर्ष अगाडि

काठमाडौं - स्वतन्त्र पूंजी बजार सुधार संघले एक विज्ञप्ति निकाल्दै अहिले भइरहेको आन्दोलन लगानीकर्ताको हकहितलाई नभएर राजनीतिक र चुनावी माहोलमा आफ्नो भोट सुरक्षित गर्ने भएको आरोप लगाएको छ । 

संघले अहिलेका संघले आफुले सेयर बेचेको बेला आन्दोलनमा सहभागी नहुने साथै आन्दोलन तुहाउन खोज्ने र आफूले सेयर किन्न थाले पछि अनेक स्वरुप र अनावश्यक मागहरु राखेर सडक नाटक देखाउने प्रवृत्ति भएको समेत आरोप लगाएको छ । 

यस्तै बजार घटाईको मुख्य कारण पुँजी बजारप्रतिको नियामक निकायको चरम उदाशिनता, नितिहरुमा भएको फेरबदल र ४/१२ हो भन्ने बुझेर ४/१२ खारिजि लगायतका अनेकौं जटिल बिषय रहेको र उक्त समानको माग राख्दा आन्दोलन तुहाउने गिरोहको स्वार्थका कारण आज बजार झण्डै ३७ प्रतिशत भन्दा बढीले घटेर २००० को बिन्दु मा आईपुगेको आरोप लागाएको छ । 


अध्यक्ष सुशील कुमार लुनियाले जारी गरिएको विज्ञप्तिमा लेखिएको छ :

पुजिँ बजारको सुधारका निम्ति विभिन्न समयमा विभिन्न माग राखेर लगानिकर्ताहरु आन्दोलनमा होमिएको कुरा आदरणीय लगानिकर्ता साथिहरुलाई अबगत नै छ । त्यसै गरि बिगतको ५८ बुँदे, त्यस पश्चातको १७ बुँदे र अहिलेको १९ बुँदे आन्दोलनले समग्र पुजिँ बजारलाई नयाँ सरगर्मिमा धकेलिरहेको देखिन्छ । तर, विडम्बना के छ भने अहिले लगानिकर्ताहरुले नेतृत्व गरिरहेको आन्दोलनको आधार र मर्मलाई तोडेर आफ्ना आफ्ना स्वार्थ बमोजिम आ आफ्नै शैलीमा आन्दोलनलाई तोडमोड गर्न खोज्ने प्रवृत्ति देखिएको छ भने,अर्को तर्फ पुजिँ बजार र लगानिकर्ताको नेताको मुहार लिएर राजनैतिक चुनावी माहोलमा आफ्नो भोट सुरक्षित गर्ने, आफ्नो संसद बन्ने सपना साकार पार्ने गतिबिधी र लगानिकर्ताहरुलाई कार्यकर्ता बनाउन खोजिएको छ ।

नेपालका लगानिकर्ता संघ र समाजिक संजालमा प्रभाव पार्न सक्ने लगानीकर्ताहरुले आफ्नो स्वार्थ बमोजिम शेयर बेचेको बेला आन्दोलनमा सहभागी नहुने साथै आन्दोलन तुहाउन खोज्ने र आफूले शेयर किन्न थाले पछि अनेक स्वरुप र अनावश्यक मागहरु राखेर सडक नाटक देखाउने प्रवृत्ति अहिलेको आन्दोलनमा प्रष्टसँग देखिन्छ । बजार ४/१२ को नितिले गर्दा जब ३१०० को बिन्दुबाट अप्राकृतिक ओरालो लाग्न थालेपछी हामि दबाब समुहको रुपमा 'स्वतन्त्र पुजिँ बजार सुधार सघर्ष समितीू'र त्यस पछि संगठनको रुपमा 'स्वतन्त्र पुजिँ बजार सुधार संघ' को भुमिकामा १७ बुँदे माग सहित बृहत आन्दोलनको स्वरुप तयार गरेको यहाँहरुलाई अवगत नै छ । 

संगठनले त्यतिबेला अहिले सडक नाटकमा आएका हरेक स्वघोषित ब्यक्तिहरुलाई एक एक गरेर भेटेको र आन्दोलनमा समर्थन एवंम सहभागीताको निम्ति गुहारेको पनि यहाँहरुलाई  स्पष्ट जानकारी छ । दुखद रुपमा भन्नू पर्दा त्यति बेलाको अभियानलाई बिथोल्ने र लगानिकर्तालाई अनैतिक प्रभाव पारी आन्दोलनलाई बिथोल्नेहरु आफ्नो नैतिकतालाई आफ्नै पाईला मुनि च्यापेर माईक समातिरहेका तस्बिर र भिडियोहरु अहिले समाजिक संजालमा समग्र लगानिकर्तालाई गिज्ज्याई रहेका देख्न सकिन्छ । 

हामिले त्यति बेलाको बजार घटाईको मुख्य कारण पुँजी बजारप्रतिको नियामक निकायको चरम  उदाशिनता, नितिहरुमा भएको फेरबदल र ४/१२ हो भन्ने बुझेर ४/१२ खारिजि लगायतका अनेकौं जटिल बिषयका  माग राखेका थियौँ र त्यही आन्दोलन तुहाउने गिरोहको स्वार्थका कारण आज बजार झण्डै ३७ प्रतिशत भन्दा बढीले घटेर २०००को बिन्दु मा आईपुगेको छ । 

अब बजार बाट ४/१२ प्रभाव पुर्ण रुपमा समाप्त हुन लाग्दा केहि निहित समूहले त्यही बिषयलाई लिएर नाराबाँजी गरि समग्र लगानिकर्ताको लगानी माथी प्रत्यक्ष र परोक्ष खेलवाड गर्न  खोजिरहेको बिषय प्रती हाम्रो संगठनको ध्यानाकर्षण भएको छ ।  ठुला लगानीकर्ताहरुले लिएको ४/१२ करोड भन्दा बढी ऋणको शेयर बिक्री चापले समग्र लगानी कर्ताको लगानीमा नकारात्मक प्रभाव परिसकेको र अब उक्त नितिले बजार घटाईमा कुनै पनि किशिमको फरक नपर्ने र अब  बजार आफ्नो गतिमा बिस्तारै सुधार हुँदै जाने कुरालाई आधार मान्दै फेरि ४/१२ को लडाई र उक्त बुदाँ खारेजीको माग गर्नु भनेको फेरि पनि बजारलाई अप्राकृतिक रुपमा चलाउनु सरह नै जस्तै हो ।  

अबको दिनमा लाखौं लगानीकर्ताहरु ४/१२ हट्दा फेरि उहीँ दुर्घटनामा पर्न सक्ने भएको हुँदा अब देखि कसैले घटाएको दुर्घटनामा जानी जानी नपर्न हुन र आफ्नो निहित स्वार्थ प्राप्तीको निम्ति आम लगानीकर्ताहरुलाई हतियार बनाउने मतियारहरुको खुलेयाम बिरोध गरि बजारलाई स्वतन्त्रता पुर्बक संचालन गराउनमा सहयोग गरिदिन हुन आम लगानिकर्ता साथिहरु लाई हार्दिक अनुरोध गर्दछौं । 

४ बर्ष अगाडि

प्रतिक्रिया