काठमाडौं - नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले गैडाकोटका मृतक अनिल सापकोटाको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ ।
कम्पनीले सापकोटाको परिवारलाई ७५ लाख ७ हजार २ सय ६८ रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो । मृत्यु दाबी वापतको रकम भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले मृतकको श्रीमति सरस्वती सुवेदीलाई दिएका हुन् ।
दाबी भुक्तानी कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख चित्रसेन अधिकारीले जीवन बीमा सबैका लागि महत्वपुर्ण रहेको र मृत्युपछि परिवारका लागि समेत सारथीको काम गर्ने भएकाले सबैलाई जीवन बीममा योजना सबैको लागि आवश्यक रहेको बताए ।
प्रतिक्रिया