साउदीको एक कम्पनीले माग्यो कार ड्राइभरका लागि नेपाली कामदार, मासिक तलब कति ?

३ बर्ष अगाडि

काठमाडौं - साउदीको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । साउदी सहरमा रहेको एक कम्पनीले ५७ कार ड्राइभरको माग गरेको हो ।  

न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् । 

कामदारले खान बस्नेतसहित मासिक तलब ४९ हजार बढि पाउनेछ । इच्छुक कामदारले वल्र्ड एट वर्क कन्सलटेन्सी प्रालिको कार्यालय जयबागेश्वरी काठमाडौंमा असार २ गते अन्तरवार्ता दिनुपर्ने छ । 

भिसा शुल्क, स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया