काठमाडौं - शून्य लागतमा मलेसियाले भारी सङ्ख्यामा नेपाली कामदारको माग गरेको छ । शाहलाम सहरमा रहेको एक कम्पनीले २५० जना नेपाली पुरुष कामदारको माग गरेको हो ।
न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष हुनु पर्ने छ । कामदारले हप्तामा ६ दिन र दैनिक ८ घण्टा काम गर्नु पर्ने छ । करार अवधि २ वर्षे रहेको छ । कम्पनीको नियमअनुसार कामदारले वार्षिक बिदा पनि पाउने छन् ।
कामदारले मासिक तलब ४२ हजार बढि पाउनेछ । खान बस्नेतको व्यवस्था कामदार आफैले गर्नु पर्ने छ । इच्छुक कामदारले निड इम्प्लोइमेन्ट सर्भिस प्रालिको कार्यालय धापासी काठमाडौंमा असार ६ गते अन्तरवार्ता दिनुपर्ने छ ।
भिसा शुल्क निशुल्क हुने छ । यस्तै स्वदेशमा हुने मेडिकलको खर्च, स्वदेशमा हुने जीवन बिमा, भिसा स्ट्याम्पीङ शुल्क, हवाई टिकट, विदेशमा हुने बिमा शुल्क र विदेशमा गरिने मेडिकल खर्च रोजगार दाताले बेहोर्ने छ ।
प्रतिक्रिया