मन्त्रीको भतिजी कोठामा मृत भेटिइन्

७ बर्ष अगाडि

ललितपुर– वन तथा वातावरणमन्त्री शक्ति बस्नेतकी भतिजी बबिता बस्नेत मृत अवस्थामा फेला परेकी छिन् ।

ललितपुरको बालकुमारी स्थित वेस्टार अपार्टमेन्टमा बस्दै आएकी बस्नेतले आइतबार आत्महत्या गरेको महानगरीय प्रहरी परिसर ललितपुरका एसएसपी रवीन्द्र धानुकले जानकारी दिए ।
 
प्रहरीका अनुसार वेस्टार अपार्टमेन्टको उनको फ्याटमा बबिताले सलको पासो लगाएर आत्महत्या गरेको अवस्थामा शव फेला परेको हो ।

प्रहरीका अनुसार आइतबार बिहान १० बजेसम्म नउठेपछि  बबिताकी नन्दले ढोका ढकढक्याउँदा नखुलेपछि प्रहरीलाई खबर गरेकी थिइन् । 

त्यसपछि पुगेको ललितपुर प्रहरीको टोलीले ढोका फोरेर हेर्दा पासो लगाएको अवस्थामा मृत शरीर फेला परेको थियो । 

प्रहरीले घटना संकास्पद रहेको भन्दै अनुसन्धान भइरहेको जनाएको छ । 

मृतक बबिता ऊर्जामन्त्री वर्षमान पुनका प्रेस सहयोगी रोशन खड्काकी श्रीमती हुन् भने बनमन्त्री बस्नेतकी दाइको छोरी हुन् ।

७ बर्ष अगाडि

प्रतिक्रिया