सिटिजन लाइफको बीमालेख नविकरणदर ८७ प्रतिशत पुग्यो

३ बर्ष अगाडि

 काठमाडौं - सिटिजन लाइफ इन्स्योरेन्स बीमालेख व्यतित दरलाई न्यून स्तरमा राख्न सफल भएको छ । 

आर्थिक वर्ष २०७७/७८ मा सिटिजन लाइफ इन्स्योरेन्सले कूल बीमालेखमध्ये ८७ प्रतिशत नविकरण गर्न सफल भएको हो । अर्थात जम्मा १३ प्रतिशत बीमालेख मात्र व्यतित रहेको छ । 

अधिकांश पुराना जीवन बीमा कम्पनीहरुको व्यतित बीमालेखदर ३० देखि ४० प्रतिशतसम्म कायम रहँदा सिटिजन लाइफ इन्स्योरेन्सले नियमित नविकरणको माध्यमबाट बीमालेख व्यतित हुनबाट जोगाएको छ ।

वित्तीय सबलताको आधारमा विभिन्न संस्थाहरुको वर्गिकरण गर्दै आएको रेटिङ एजेन्सीइक्रा नेपालकाअनुसार सिटिजन लाइफको व्यतित बीमालेखदर आर्थिक वर्ष २०७६/७७ मा १८प्रतिशत कायम रहेको थियो । 

आर्थिक वर्ष २०७७/७८ मा यो दर २ प्रतिशतले घटेर १५ प्रतिशतमा आइपुगेको छ । अघिल्लो आर्थिक वर्ष २०७५/७६ मा सिटिजन लाइफको व्यतित बीमालेख दर ४९ प्रतिशत रहेको थियो ।

सिटिजन लाइफ इन्स्योरेन्सले गतआर्थिक वर्षमाआर्जन गरेको कूल बीमाशुल्क मध्ये ९२ प्रतिशत रकम सावधिक जीवन बीमालेखको बिक्रीबाट प्राप्त गरेको थियो । 

चालू आर्थि वर्षको दोश्रौ त्रैमाससम्ममा कूल बीमा शुल्कको ९१ प्रतिशत सावधिक बीमालेखको बिक्रीबाट आर्जन गरेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया