काठमाडौं - चालु आर्थिक वर्षको १० महिनामा ५१ बैंक वित्तीय संस्थाले ६४ अर्ब एक करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् । जस मध्ये २७ बाणिज्य बैंकहरुले मात्रै ५८ अर्ब ३३ करोड रुपैयाँ मुनाफा आर्जन गरेका छन् ।
यस्तै चालु आर्थिक वर्ष सकिन दुई महिना बाँकी छदै ग्लोबल र एनआईसी एशिया बैंकको मुनाफा चार अर्ब नाघेको छ । यस अवधिमा सबैभन्दा धेरै ग्लोबल आइएमई बैंकले चार अर्ब ३१ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ ।
त्यस्तै दोस्रो स्थानमा रहेको एनआईसी एशिया बैंकले चार अर्ब ११ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ । समिक्षा अवधिमा मुक्तिनाथ विकास बैंकले तीन बाणिज्य बैंकलाई नै उछिनेको छ ।
यस वर्ष सबैभन्दा कम मुनाफा लक्ष्मी बैंकको छ । गएका वर्षमा कमजोर देखिएका सिभिल र सेञ्चुरी यस वर्ष केहि राम्रा देखिएका छन् ।
प्रतिक्रिया