एक आईपीओ र एक हकप्रद सेयरसहित ४ कम्पनीको सेयर नेप्सेमा सूचिकृत, कुनको कति ?

४ बर्ष अगाडि

काठमाडौं - यो साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक आईपीओ र एक हकप्रद सेयर सहित ४ कम्पनीको सेयर सूचिकृत भएको छ । नेप्सेमा सिवाइसि नेपाल लघुवित्तको आईपीओ, आइएमई जनरल इन्स्योरेन्सको हकप्रद सेयर, नेपाल लाइफ इन्स्योरेन्स र शिखर इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचिकृत भएको हो । 

१. सिवाइसि नेपाल लघुवित्त
नेप्सेमा सिवाइसि नेपाल लघुवित्तको साधारण शेयर (आईपीओ) सूचकिृत भएको छ । कम्पनीको आईपीओ सिवाइसिएल’ सिम्बोलबाट सूचीकृत भएको हो ।

लघुवित्तको १०० रुपैयाँ अंकित दरको १२ लाख १६ हजार ४१८ कित्ता शेयर सूचीकृत भएको हो । कम्पनीले सर्वसाधारण समक्ष धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडमार्फmत शेयर बिक्री खुल्ला गरेको थियो ।

कम्पनीले सर्वसाधारण लगानीकर्ताहरुमा ९कर्मचारी समेत० वितरण गरिएको ३ लाख ९५ हजार ३३६ कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ८ लाख २१ हजार ८२ कित्ता शेयर समेत जम्मा गरी १२ लाख १६ हजार ४१८ कित्ता शेयर सूचीकृत गराएको हो ।

लघुवित्तको आइपीओले पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज ३४४ रुपैयाँ ३६ पैसादेखि १०३३ रुपैयाँ ८ पैसासम्म पाउने देखिएको छ ।

२. आइएमई जनरल इन्स्योरेन्स 
नेप्सेमा आइएमई जनरल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर सूचिकृत भएको छ । 

कम्पनीको ४० प्रतिशत हकप्रद बापतको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता  सेयर नेप्सेमा सूचिकृत भएको हो ।  

आइएमई जनरल इन्स्योरेन्स कम्पनीले फागुन २२ गतेबाट चैत्र १३ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरेको ४६ लाख ३० हजार ३ सय ४४ कित्ता हकप्रद सेयर निष्कासन गरेको थियो ।

३. नेपाल लाइफ इन्स्योरेन्स
नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ ।

कम्पनीको १ करोड ७९ हजार ९५८.९३ कित्ता बोनस शेयर सूचीकृत भएको हो । यो बोनस शेयर लगानीकर्ताको हितग्राही खातामा आएपछि खरीदविक्री गर्न मिल्नेछ ।

कम्पनीले गत चैत २१ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित १४ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।

४. शिखर इन्स्योरेन्स
नेप्सेमा शिखर इन्स्योरेन्स कम्पनीको हकप्रद शेयर सूचिकृत भएको छ । 
 
कम्पनीको ३० प्रतिशत हकप्रद बापतको ५२ लाख ७५ हजार ५ सय ७२ कित्ता  शेयर नेप्सेमा सूचिकृत भएको हो ।  

कम्पनीले  चैत १ गतेबाट चैत २१ गतेसम्म १०ः३० को अनुपातमा ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद शेयर निष्कासन तथा बिक्री खुल्ला गरेको थियो ।  

४ बर्ष अगाडि

प्रतिक्रिया